• २०८३ असार ४
  • 2026 June 18, Thursday

ओलीले भने, ‘मसँग फोनमा बोल्न तयार हो नि?’

काठमाडौं  । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीसँग फोनमा कुराकानी गर्नका लागि एक लाख ७१ हजार बढीले नाम र नम्बर टिपाएका छन्।

ओलीले दुई दिनमा १ लाख ७१ हजार ७ सय ८३ जनाले नाम र नम्बर टिपाएको उनले फेसबुकमार्फत् जानकारी दिए।

‘मसँग कुरा गर्न आज दिउँसो १२ बजेसम्म १ लाख ७१ हजार ७ सय ८३ जनाले नाम र नम्बर टिपाउनु भएको छ। यो उत्साहपूर्ण सहभागिताका लागि मुरीमुरी धन्यवाद। धेरै सहभागिता भएकाले आज १२ बजेपछि नाम टिप्न बन्द गरिएको सचिवालयले जानकारी दिएको छ। भोलि हाम्रो कुराकानी हुनेछ। हामी तयार छौं नि?’अध्यक्ष ओलीले लेखेका छन्।

ओलीले आफूसँग कात्तिक ४ गते कुराकानी गर्नका लागि नाम र नम्बर आफ्नो फेसबुक पेजमा पठाउन बुधबार सामाजिक सञ्जालमार्फत आह्वान गरेका थिए।