सन्दीप लामिछानेलाई थप दुई दिन हिरासतमा राख्न अनुमति

काठमाडाैं । सन्दीप लामिछानेलाई थप दुई दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ ।

लामिछानेलाई म्याद थपका लागि आइतबार जिल्ला अदालत काठमाडौंमा उपस्थित गराएको थियो ।

नाबालिगलाई जबर्जस्ती करणी गरेको जाहेरीका आधारमा असोज २० गते पक्राउ परेका उनीमाथि यो चौथो पटक म्याद थपिएको हो ।

पहिलोपटक असोज २४ गते उनलाई अदालतमा म्याद थपका लागि उपस्थित गराइएको थियो ।

गत भदौ ५ गते १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका सन्दीपलाई असोज २० गते प्रहरीले पक्राउ गरेको थियो ।

काठमाडौंको गौशालास्थित एक होटलको कोठामा राखेर सन्दीपले आफूलाई बलात्कार गरेको आरोपमा किशोरीले भदौ २१ गते प्रहरी वृत्त गौशालामा उजुरी गरेकी थिइन् ।

सन्दीप त्यसबेला क्यारेबियन लिग क्रिकेट खेल्न गएका थिए । असोज २४ गते अदालतमा सन्दीपले आफू निर्दोष रहेको दाबी पेश गरेका थिए ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१