विराट काेहली चम्किँदा पाकिस्तानमाथि भारतकाे राेमाञ्चक जित

काठमाडौं । टी–२० विश्वकपमा पाकिस्तानले भारतसँग ४ विकेटको हार ब्यहोरेको छ । १६० रनको लक्ष्य पछ्याएको भारतलाई अन्तिम ओभरमा १६ रन आवश्यक थियो ।

सुरुवाती तीन बलमा २ रन खर्चेर हार्दिक पाण्ड्याको विकेट लिएका मोहम्मद नवाजले अन्तिम ओभरमा नो बल फालेपछि भारतकाे जित भएकाे हाे ।

अन्तिम १ बलमा भारतलाई २ रन आवश्यक थियो । तर, नवाजले वाइड बल फाले र स्कोर बराबरी भयो । भारतले थप एक बल खेल्न पायो ।

विश्वकपमा पाकिस्तानसँग विरलै हारेको भारतले रोमान्चक अन्तिम ओभरमा जित हासिल गरेको हो ।

भारतलाई जिताउन विराट कोहलीले अविजित ८२ रनको योगदान गरे । उनले ५३ बलमा ४ छक्का र ६ चौका हिर्काए ।

यसअघि मेलवर्न क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ८ विकेट गुमाएर १५९ रनकाे लक्ष्य प्रस्तुत गरेकाे थियाे ।