‘भारतको लापरबाहीले नेपालीको ज्यान जाँदा प्रधानमन्त्री देउवाको मौनता कहिलेसम्म ?’

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारतले सडक विस्तार गर्दा दार्चुलामा नेपाली बालकको ज्यान गएको विषयमा छानबिन गर्न सरकारसँग माग गरेका छन् ।

ओलीले फेसबुकमा स्टाटस लेखेर घटनाको तत्काल छानबिन गरी सत्यतथ्य बाहिर ल्याउन, दोषिमाथि कारबाही गर्न र पीडित परिवारलाई तत्काल क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गरेका हुन् ।

ओलीले ‘तुइन काटेर गएकाे वर्ष जयसिंह धामीलाई मारिएको घटनामा जस्तै प्रधानमन्त्री देउवाको मौनता कहिलेसम्म ?’ भनेर पनि प्रश्न गरेका छन् ।

नेपालसँगको सीमा क्षेत्रमा भारतले सडक विस्तार गर्दा ढुंगाले लागेर हिजो दार्चुलाको व्यास गाउँपालिका–२ का बालक पवन महराको ज्यान गएको छ ।

घटनामा १४ वर्षीया बालिका सरिना महरासहित केही स्थानीय नागरिक घाइते भएका छन् ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१