गाेरखाका जनतालाई प्रचण्डले भने- एउटा नयाँ रेकर्ड बनाउने कुरा महत्वपूर्ण छ

गोरखा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यस पटकको चुनाव जित्नुभन्दा पनि अत्याधिक बहुमतको जित्नु महत्वपूर्ण रहेको बताएका छन् ।

शुक्रबार गोरखा नगरपालिका–१२ रानीटारमा आयोजित गठबन्धन दलहरुको चुनावी सभालाई सम्बोधन गर्दै उनले आफूलाई अत्यधिक बहुमतले बिजयी गराएर नयाँ कीर्तिमान कायम गर्न गोरखाका मतदातलाई आग्रह गरे ।

‘गोरखामा मुख्य प्रतिस्पर्धी नेपाली कांग्रेस र माओवादी केन्द्र हो, दुवै मिलेपछि यसै जितिहालियो, अब के मेहनत गर्नुपर्‍यो भनेर धेरै ठाउँमा तर्क गरेको सुनेको छु । यसरी सोच्नु सही हुँदैन, जित्ने कुराभन्दा पनि गोरखामा एउटा नयाँ रेकर्ड बनाउने कुरा महत्वपूर्ण छ, अत्यधिक बहुमतले जित्ने भन्ने कुरा महत्वपूर्ण छ’ उनले भने ।

अधिकतम मत खसाएर अत्यधिक बहुमतबाट विजयी गराएर गोरखाले कीर्तिमान बनाए मात्र गोरखामा विकासको महाअभियान सुरु गर्न सकिने उनकाे भनाइ थियाे ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१