बंगलादेशमाथि जित निकालेर पाकिस्तान टी–२० विश्वकप क्रिकेटको सेमिफाइनलमा

काठमाडाैं । बंगलादेशमाथि जित निकालेर पाकिस्तान आईसीसी टी–२० विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तानले अन्तिम ४ मा स्थान बनाएपछि सेमिफाइनल समीकरण पूरा भएको हाे ।

समूह चरणको अन्तिम खेलमा भारतले आज जिम्बाबेसँग खेल्दैछ । भारत र जिम्बाबेको बीचको खेलले समूह विजेताको टुङ्गो लगाउनेछ ।

समूह बी मा रहेको भारतले यसअघि नै अन्तिम ४ मा स्थान पक्का गरिसकेको छ ।

समूह ए बाट न्युजिल्याण्ड र इंग्ल्याण्डले अन्तिम चारको यात्रा तय गरिसकेका छन् । समान अंक भए पनि अष्ट्रेलिया नेट रनरेटमा पछि परेर बाहिरिएको हो ।

बंगलादेशले दिएको १२८ रनको लक्ष्य पाकिस्तानले १८ ओभर १ बलमा ५ विकेटको क्षतिमा भेटेकाे हाे ।

एडिलेडस्थित क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको बंगलादेशले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १२७ रनको योगफल तयार गरेका थिए ।

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७