
काठमाडाैं । नेपाली बजारमा मंगलवार सुनको मूल्यमा गिरावट आएको छ ।
मंगलबार छापावाल सुन प्रति तोला ९४ हजार रुपैयाँ कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
साेमबार छापावाल सुन प्रति तोला ९४ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
मंगलबार तेजावी सुन प्रति तोला ९३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । साेमबार तेजावी सुन प्रति तोला ९३ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
मंगलवार चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी प्रति तोला १ हजरा २ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।