प्रतिताेला १४ सय रुपैयाँ बढ्याे सुनकाे मूल्य, कतिमा भइरहेकाे छ काराेबार ?

काठमाडाैं । बुधबार सुनको भाउ तोलामा १४ सय रुपैयाँले बढेको छ ।

सोमबारको तुलनामा मंगलबार तीन सय रुपैयाँले घटेर तोलाको ९४ हजार रुपैयाँमा कारोबार भइरहेको सुनको भाउ बुधबार तोलामा १४ सय रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार सुन तोलाको ९५ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार चाँदीको भाउ पनि बढेको छ ।

साेमबार र मंगलबार १ हजार २ सय ६५ रुपैयाँमा किनबेच भएको चाँदी बुधबार तोलामा ३० रुपैयाँले बढेर १ हजार २ सय ९५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१