काठमाडौं १ मा प्रकाशमान सिंह र रवीन्द्र मिश्रलाई शंकरको चुनौती (भिडिओसहित)

काठमाडाैं । मंसिर ४ गतेको निर्वाचनका लागि सर्वाधिक चासोको क्षेत्र काठमाडौं १ पनि हो । हेभिवेट उम्मेदवारदेखि बिभिन्न स्वतन्त्र उम्मेदवारका कारण यो क्षेत्रमा सबैको चासो छ ।

काठमाडौं १ मा प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेका विवेकशील साझा पार्टीका उम्मेदवार शंकर बन्जाडे आफनो पक्षमा माहोल भएकाले सहजै चुनाव जित्ने बताउँछन् ।

बन्जाडे भन्छन्, ‘हाम्रा पूर्व अध्यक्ष रवीन्द्र मिश्रको बैचारिक विचलनका कारण मतदाता उनीसँग रुष्ट छन् । प्रकाशमान सिंह पुरानो अनुहार हुन् । मतदाताले नयाँ अनुहार खोजेका छन् । ०७४ को निर्वाचनमा विवेकशील दोस्रो दल बनेको थियो । अब मतदाताले पहिलो यो क्षेत्रमा पहिलो दल बनाउने बचन दिएकाछन् ।’

देशभर प्रत्यक्ष र समानुपातिक गरी विवेकशीलले १५ सिट जित्ने उनी बताउँछन् । सरकार निर्माणको हैसियतमा सिट नजिते पनि बैकल्पिक राजनीतिक शक्तिको पक्षमा भने बलियो शक्ति स्थापित हुने उनको दाबी छ ।

ठूला राजनीतिक दलहरुले ठूलाठूला चुनावी मुद्दा बोकेपनि आफूहरुले भने जनसरोकारका साना मुद्दालाई महत्व दिएको उनको भनाइ छ । खानेपानी, सडक, शिक्षा, स्वास्थ्य, वातावरण, सुशासन लगायतका मुद्दाहरु आफनो प्राथमिकतामा रहेको उनी बताउँछन् ।

विवेकशील साझा सुसंस्कृत राजनीतिक संस्कारको पक्षमा भएकाले नेताहरुको अपमान गर्नु नाजायज ठान्दछ । अहिले प्रमुख दलका नेताहरुको तेजोबोध गर्ने काम जसरी भैरहेको छ त्यसलाई उचित मान्न सकिदैन । लामो राजनीतिक इतिहास भएका र देशका लागि योगदान गरेको नेताहरुलाई धन्यवाद दिनुपर्छ ।

राजनीतिमा युवाहरुलाई प्रोत्साहित गरेर अघि बढ्नु नै अहिलेको आवश्यकता भएको बन्जाडे बताउँछन् ।

विस्तृत भिडिओमा :

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१