• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

यस्ताे छ राेनाल्डाेकाे कप्तानीमा विश्वकप खेल्ने पाेर्चुगलकाे टाेली

काठमाडाैं । पोर्चुगलले विश्वकपका लागि आफ्नो टोली घोषणा गरेको छ ।

रोनाल्डोको कप्तानीमा रहेको २६ सदस्यीय टोलीमा केही नियमित सदस्यहरु भने छुटेका छन् । केही चोटका कारण सामेल छैनन् केही प्रशिक्षकको नजरमा पर्न सकेनन् ।

पोर्चुगलको टोलीमा बर्नान्डो सिल्भा, ब्रुनो फर्नाडेज र जोआओ फेलिक्स संलग्न छन् । तर २६ सदस्यीय टोलीमा जोआओ माउटिन्हो, जोसे फोन्टे र रेनाटो सान्चेज भने अटाउन सकेनन् । लिभरपुलका डियगो जोटा पनि कतार जाने छैनन् ।

टोलीमा जोआओ क्यान्सेलो, रुबेन डायस र ३९ वर्षीय सेन्टर डिफेन्डर पेपे भने अटाएका छन् । १९ वर्षीय डिफेन्डर एनटोनियो सिल्भा पनि कतार जानेछन् ।

२०१६ को युरोपियन च्याम्पियन बनेको पोर्चुगलले २०१९ मा नेसन्स लिगको उपाधि पनि उचाल्यो । तर २०१८ को विश्वकपमा अन्तिम १६ मा समेत पुग्न सकेको थिएन ।

गोलरक्षक : डिओगो कोस्टा, रुई प्याट्रिसियो, जोसे सा

डिफेन्डर : डिओगो डालोट, डानिलो परेरा, जोआओ क्यान्सेलो, एन्टोनियो सिल्भा, पेपे, रुबेन डायस, नुनो मेन्डेस, राफेल गुरेइरो

मिडफिल्डर : विलियम कार्भाल्हो, रुबेन नेभ्स, ओटाभियो मोन्टेइरो, बर्नान्डो सिल्भा, म्याथियस नुनेस, ब्रुनो फर्नान्डिस, जोओ मारियो, जोओ पाल्हिन्हा, भिटिन्हा

फरवार्ड : आन्द्रे सिल्भा, रिकार्डो होर्टा, क्रिस्टियानो रोनाल्डो, जोआओ फेलिक्स, राफेल लिओ, गोन्कालो रामोस