सेमिफाइनलमा लज्जास्पद हारपछि भावुक बने विराट कोहली

काठमाडाैं । अस्ट्रेलियामा जारी टी–२० विश्वकपको सेमिफाइनलमा इङ्ग्ल्यान्डसँग भारतीय टोली नराम्ररी पराजित भएपछि विराट कोहलीले ट्वीटमार्फत आफ्नो निराशा व्यक्त गरेका छन् ।

सेमिफाइनल खेलमा इङ्ग्ल्यान्डले भारतलाई १० विकेटले पारजित गरेकाे थियाे । अब आइतबार पाकिस्तानले इङ्ग्ल्यान्डको सामना गर्नेछ ।

अष्ट्रेलियाबाट भारत जानुअघि काेहलीले ट्वीटमार्फत् आफ्नो सपना पूरा नगरी निराशाका साथ अस्ट्रेलिया छाडिरहेको लेखेका छन् ।

उनले लेखेका छन्, ‘एक समूहको रूपमा हामी धेरै अविस्मरणीय पलहरू र थप राम्रो गर्ने लक्ष्यलाई हामीसँग लिएर गइरहेका छौँ ।’

विराट कोहलीले भारतीय टोलीलाई समर्थन गर्न ठूलो संख्यामा स्टेडियममा आएका सबै क्रिकेट फ्यानहरूलाई धन्यवाद पनि दिएका छन् ।

यो विश्वकपमा भारतले उत्कृष्ट प्रदर्शन गरेको थियो । विराट कोहली भारतका लागि सबैभन्दा ठूलो खेलाडी साबित भए ।

उनले ६ खेलमा २९२ रन बनाए, जुन यस विश्वकपमा सबैभन्दा धेरै रन हो ।

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७