• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

देउवा लक्षित ओलीकाे कटाक्ष : ‘बोल्न पनि नसक्नेले केही गर्ला !’

डाेटी । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई कटाक्ष गरेका छन् ।

डोटीको दिपायलमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ओलीले ‘बोल्न पनि नसक्नेले केही गर्ला!’ भन्दै कटाक्ष गरेका हुन् ।

‘६० वर्षदेखि भारतले कालापानीमा भारतीय फौज राखेको छ, दार्चुला पुगेर हामी फिर्ता ल्याउँछौं भन्दा प्रधानमन्त्री ज्यूले आक्रोशित भएर बोलेर जमीन फिर्ता आउँछ भन्नुभयो,’ उनले भने, ‘बोल्न पनि नसक्नेले के गर्लान्?’

कार्तिक १८ गते दार्चुलामा नेकपा एमालेको आमसभालाई उद्घाटन गर्दै ओलीले भारतद्धारा अतिक्रमित नेपाली भूमि लिम्पियाधुरा, कालापानी फिर्ता ल्याउने बताएका थिए ।

त्यस पछि प्रधानमन्त्री शेरबहादुर देउवाले गृहजिल्ला डडेल्धुराको एक चुनावी सभालाई सम्बोधन गर्दै सीमा जस्तो संवेदनशील विषयमा राजनीति गर्न नहुने बताएका थिए।

देउवाको त्यसै भनाइप्रति ओलीले शनिबार नेकपा एमालेले डोटीको दीपायलमा आयोजना गरेको आमसभामा कटाक्ष गरेका हुन् ।