
काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकपको फाइनलमा आज इंग्ल्यान्डविरुद्ध पाकिस्तानले पहिले ब्याटिङ गर्ने भएको छ ।
अस्ट्रेलियाको मेलबर्न क्रिकेट मैदानमा इंग्ल्यान्डका कप्तान जस बटलरले टस जितेपछि फिल्डिङको निर्णय लिए । बाबर आजमको कप्तानीमा रहेको पाकिस्तानलाई पहिले ब्याटिङको निम्तो दिए ।
सेमिफाइनलमा पाकिस्तानले न्युजिल्यान्डलाई सात विकेटले र इंग्ल्यान्डले भारतलाई १० विकेटले हराएको थियो ।
दुवै टिमले हालसम्म समान एकपटक ट्वान्टी–२० विश्वकपको उपाधि जितेका छन् । पाकिस्तानले सन् २००९ को विश्वकप जित्दा इंग्ल्यान्डले २०१० विश्वकपमा आफ्नो नाम लेखाएको थियो ।