
काठमाडाैं । अस्ट्रेलियामा जारी आईसीसी टी-२० विश्वकपको फाइनलमा पाकिस्तानले इङ्गल्यान्डलाई १३८ रनको लक्ष्य दिएको छ ।
टस हारेपछि ब्याटिङको निम्ताे पाएको पाकिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३७ रन जोड्यो ।
पाकिस्तानका लागि सान मसुदले ३८, कप्तान बाबर आजमले ३२ र सदाब खानले रन बनाए । मुहम्मद रिजवानले १५ रन जोडे ।