
काठमाडाैं । विश्व हिन्दू महासंघकी कार्यवाहक अध्यक्ष अस्मिता भण्डारीले वर्तमान सरकार र सत्ता गठबन्धनका कारण मुलुकको पहिचान समाप्त हुने स्थिति पुगेको आरोप लगाएकी छिन् ।
हुलाक सञ्चारसँग कुरा गर्दै भण्डारीले सरकार र गठबन्धनका पार्टीहरुले एकपछि अर्को गर्दै हिन्दू धर्मावलम्बीमाथि प्रहार गर्ने र क्रिश्चियनहरुको संरक्षण गर्ने गरेको आरोप लगाइन् ।
हालै महासंघले काठमाडौंमा गरेको धर्मसभा असफल गराउन पनि सरकारले अन्तिमसम्म प्रयत्न गरेको उनको आरोप छ । गठबन्धनका नेताहरु चुनावको बेला हिन्दूको भोट तान्न टीका, माला लगाएर नाटकमा उत्रिएकोसमेत उनको आरोप छ ।
भण्डारीले मुलुकको रक्षार्थ राजासहितको हिन्दू अधिराज्य अपरिहार्य भएको जनाउँदै सम्पूर्ण देशवासी जति छिटो एकीकृत हुन्छन् त्यति नै छिटो लक्ष्य परिवर्तन हुने बताइन् ।
भण्डारी भन्छिन्, ‘कतिपय मानिस यहाँ भारतीय प्रधानमन्त्री मोदी र उत्तर प्रदेशका मुख्यमन्त्री योगीको भरले हिन्दू धर्म फर्किने भन्छन् । त्यस्तो हुँदैन । उनीहरुको सद्भाव भएपनि नेपालीहरु एकजुट नभएसम्म त्यो सम्भव हुँदैन । ’
मुलुकमा व्यापक धर्मान्तरण भैरहँदा पनि सरकारले मौनता साँधेर अपराध गरेको छ । राजालाई गम्भीर धोका दिएर गणतन्त्रमा रमाएका राजनीतिक दलहरुले मुलुक र जनताप्रति जिम्मेवारीबोध समेत गरेका छैनन् ।
भण्डारीका अनुसार गणतान्त्रिक अहिले पनि दलहरु विदेशीको इशारामा चलेकाछन् । अझ प्रचण्ड र बाबुराम भट्टराईलाई त भारतले गर्नुसम्म प्रयोग गरिरहेको छ ।
आउँदो मंसिर ४ को चुनावमा हिन्दू धर्म र राजासंस्थाको एजेण्डा बोकेका पार्टी र उम्मेदवारलाई जिताउनुपर्ने भण्डारीको सुझाव छ ।
विस्तृत भिडिओमा :