यूएईले दियाे नेपाललाई १ सय ९२ रनको लक्ष्य

काठमाडौं । नेपालले यूएईविरुद्धको दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय खेल जित्न १ सय ९२ रनको लक्ष्य पाएको छ ।

पहिलो १० ओभरमा बिनाक्षति ७० रन जोडेर आक्रामक सुरुआत गरेको यूएईलाई नेपालले ४३.२ ओभरमा १ सय ९१ रनमा अलआउट गरेको हो ।

नेपालका लागि ललित राजवंशी र सोमपाल कामीले ३–३ विकेट लिए । करण केसी, गुलशन झा, दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलले १–१ विकेट लिए ।

टस जितेर ब्याटिङमा आएको यूएईका लागि माेहम्मद वासिम र वृत्य अर्भिन्दले उत्कृष्ट सुरुआत गरेका थिए । उनीहरुले १२ ओभर भित्र ७२ रन जोडेका थिए ।