गगन थापालाई भोट माग्दै घरदैलाेमा प्रदीप खड्का

काठमाडौं । अभिनेता प्रदीप खड्काले नेपाली कांग्रेसका उम्मेदवार गगन थापाका लागि मत मागेका छन् ।

उनले काठमाडौँ क्षेत्र नम्बर ५ बाट सत्ता गठबन्धनको तर्फबाट प्रतिनिधिसभाका लागि उम्मेदवार बनेका गगन थापाको चुनावी प्रचारमा सहभागी भएर मत मागेका हुन् ।

अभिनेता खड्का र उम्मेदवार थापा बुधबार बुढानिलकण्ठ वडा नम्बर १२ मा मत माग्दै हिँडेका हुन् । खड्का मंगलबार विनोद चौधरीका लागि मत माग्न नवलपरासी पनि पुगेका थिए ।

 

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१