
काठमाडाैं । बारा निर्वाचन क्षेत्र नम्बर ४ मा लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवार रहेका कृष्णकुमार श्रेष्ठ (किसान) विरूद्ध प्रचारप्रसार गर्ने तीन जनालाई नेपाली कांग्रेसले निलम्बन गरेको छ ।
शनिबार केन्द्रीय अनुशासन समितिले नेकपा एकीकृत समाजवादीका किसानविरूद्ध लागेको भन्दै तीन जनालाई निलम्बन गरेको हो ।
कांग्रेसका जिल्ला उपसभापति अमिरीलाल राउत भेडियर, सदस्य हरिप्रसाद थपलिया र क्षेत्रीय प्रतिनिधि सुशील ढोडारीलाई निलम्बनमा परेका हुन् ।