• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

सिन्धुपाल्चोकमा पैसा बाँड्दै हिँडेको अभियोगमा एमाले उम्मेदवारका छोरा पक्राउ

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक क्षेत्र नम्बर १ मा मौन अवधिमा पैसा बाँड्दै हिँडेको अवस्थामा एमाले उम्मेदवारका छोरा पक्राउ परेका छन् ।

शनिबार साँझ इन्द्रावती गाउँपालिका वडा नम्बर ७ मा पैसा र चेकसहित एमालेका प्रदेशसभा उम्मेदवार अमानसिंह तामाङका छोरा छत्र तामाङको टोलीलाई प्रहरीले पक्राउ गरेको हो ।

उनको साथबाट चेकबुक र नगद १ लाख १४ हजार रूपैयाँ बरामद गरेको स्थानीयले बताए । प्रहरीको गस्ती टोली देखेपछि उनीहरूले बाँकी पैसा भीरमा फालेका थिए ।