सिरहामा मत पेटिका खोसाखोस, प्रहरीले चलायाे गाेली

सिरहा । दुई पक्षका कार्यकर्ताबीच विवाद बढ्दा सिरहामा मत पेटिका खोसाखोस भएकाे छ । मतपेटिका खाेसाखाेस भएपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन गोली चलाएको छ ।

सिराहाको कर्जन्हा नगरपालिकाका वडानम्बर ६ मिर्चैयास्थित जनता मावि बडहरामाल बुथमा गोली चलेको हो ।

जनता समाजवादी पार्टी (जसपा) र नेकपा (एकीकृत समाजवादी) का कार्यकर्ताबीच मतपेटिका खोसाखोस हुन थालेपछि प्रहरीले ३ राउन्ड गोली चलाएको हो ।

मतपेटिका खोसाखोस भएपछि केहीबेर तनाव भएपनि केहीबेर मतदान स्थगितपछि पुन मतदान सुरु भएको छ ।

 

 

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१