सिन्धुपाल्चाेक । सिन्धुपाल्चोकको सेतीदेवी पन्चकन्या मावि कुविण्डे मतदान केन्द्रमा झडप भएको छ ।
एमाले र माओवादीका कार्यकर्ताबीच झडप भएको हाे । माओवादीले अवरोध खडा गरी एकलौटी गर्न खोजेको भन्दै एमाले कार्यकर्ताले विरोध गरेका छन् ।
अहिले स्थिति नियन्त्रणमा आएको र मतदान जारी रहेको प्रहरीले जनाएकाे छ । यही मतदान केन्द्रमा पूर्वसभामुख अग्नि सापकोटाले केहीबेरअघि भोट हालेका थिए ।