काठमाडाैं । ललितपर क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्कीले आफू संसदभित्र प्रवेश गर्न मात्रै बाँकी रहेको बताएकी छिन् ।
आइतबार मतदान गरेपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले भनिन्, ‘संसदभित्र प्रवेश गर्न बाँकी छ ।’
ललितपुर क्षेत्रका बासिन्दाले विवेकको मत हाल्ने र योजना कार्यान्वयन नहुने प्रवृत्तिबाट आजित जनताले परिवर्तनको पक्षमा मत हाल्ने उनले बताइन् ।
उनले मतदातालाई निरास नबनाउने बताइन् ।
उनले सरकारमा जाने वातावरण भए स्वास्थ्यमन्त्री रोज्ने बताइन् । ‘सरकारमा जाने, मन्त्रालयस्तरमै गएर गर्न सक्ने आँट क्षमता हिम्मत छ । अभिभावकको साथ छ,’ उनले भनिन्, ‘मन्त्रालय रोज्न परेमा पक्कै पनि स्वास्थ्यमन्त्री रोज्नेछु ।’
उनले ललितपुर महानगरपालिका- १८ बाट बिहान ९ बजे मतदान गरेकी थिइन् ।