नेकपा बहुमतका कार्यकर्ताले कास्कीमा फुटाए मतपेटिका

काठमाडौं । कास्कीको माछापुच्छ्रे गाउँपालिका-८ तारेबराह आधारभूत विद्यालय लुम्रे मतदान केन्द्रमा नेकपा बहुमतका एक कार्यकर्ताले मतपेटिका फुटाएका छन् ।

माछापुच्छ्रे गाउँपालिका ९ बस्ने ३२ वर्षीय सूर्य परियारले बिहान पौने ११ बजेतिर मतदान गरिसकेपछि मतपेटिका उचालेर भुइँमा बजारेका थिए ।

उनले मतपेटिका फुटाएपछि केहीबेर मतदान रोकिएको थियो । बिहान करिब सवा ११ बजे पुनः मतदान सुरु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

मतपेटिका फुटाएका परियारलाई प्रहरी टोलीले नियन्त्रणमा लिएको छ ।

–मतपेटिकाकाे फाइल तस्बिर । 

 

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१