मतदानपछि ओलीकाे दाबी : मंसिर १५ सम्ममा एमाले नेतृत्वको सरकार बन्छ

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सूर्यविनायक नगरपालिकाको बालकोटमा मतदान गरेका छन् ।

उनले बालकोटस्थित महेन्द्र शान्ति विद्यालयको केन्द्रमा पुगेर मतदान गरेका हुन् ।

ओली झापा ५ बाट प्रतिनिधि सभाका उम्मेदवार हुन् । चुनाव प्रचारका लागि झापामा रहेका ओली मतदानका लागि बालकोट आएका हुन् ।

उनी बालकोटमा नै स्थायी रुपमा बस्दै आएका छन् । भोट हालेपछि उनले मंसिर १५ सम्ममा एमाले नेतृत्वको सरकार बन्ने बताए ।