१५ केन्द्रमा मतदान स्थगित : निर्वाचन आयोग

काठमाडाैं । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन, २०७९ का लागि देशभर मतदान भइरहेको छ ।

अपरान्ह ३ : ३० बजेसम्म १५ मतदान केन्द्रमा मतदान कार्य रोकिएको निर्वाचन आयोगले जनाएको छ ।

यी रोकिएका मतदान केन्द्रमा मतदान कार्य पुन: सुरू गर्ने प्रयास भइरहेको आयोगले जनाएको छ ।

प्रतिनिधि सभाका लागि १६५ निर्वाचन क्षेत्र र प्रदेशसभाका लागि ३३० निर्वाचन क्षेत्रमा प्रत्यक्ष चुनाव भइरहेका छन् । चुनावमा १ करोड ७९ लाख ८८ हजार ५ सय ७० मतदाताले भाग लिनेछन् ।

मतदान गर्न १० हजार ८ सय ९२ मतदान स्थलमा २२ हजार २ सय २७ मतदान केन्द्र निर्माण गरिएको निर्वाचन आयोगले जनाएको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१