
झापा । झापा क्षेत्र नम्बर ३ मा गठबन्धन अग्रस्थानमा छ ।
सुरुवाती परिणाम अनुसार गठबन्धनबाट कांग्रेसका उम्मेदवार कृष्णप्रसाद सिटौला १०२ मतका साथ अग्रस्थानमा छन् ।
एमालेको समर्थन रहेका राप्रपा उम्मेदवार राजेन्द्र लिङदेनको ४२ मत छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाश पाठकको ३६ र लौरोका उम्मेदवार योगेन्द्र खनालको ११ मत छ ।