मुस्ताङमा नेपाली कांग्रेसका उम्मेदवारको अग्रता, कति पाए मत ?

मुस्ताङ । प्रतिनिधि सभातर्फ मुस्ताङमा नेपाली कांग्रेसका उम्मेदवारको अग्रता कायमै रहेको छ । पछिल्लो प्राप्त विवरण अनुसार ३ हजार ७ सय ७९ मतगणना भएको छ ।

कांग्रेस योगेश गौचन थकालीले २०३५ मत प्राप्त गर्दा एमाले उम्मेदवार प्रेमप्रसाद तुलाचनले १६५७ मत पाएका छन् ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुदेश गुरुङले ४१ मत प्राप्त गरेका छन् । बदर मतको संख्या ४० मत छ ।

मुस्ताङमा १०९५७ जना मतदाता रहेकोमा ७ हजार २३० मत खसेको थियो ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१