ललितपुरकाे तीनवटै क्षेत्रमा एमालेकाे अग्रता, घण्टी र लाैराेले पनि राम्राे पायाे मत

ललितपुर । ललितपुरको तीन वटै क्षेत्रमा नेकपा एमालेका उम्मेदवारले अग्रता बनाएका छन् ।

क्षेत्र नम्बर १ मा १२८८ मत गन्दा एमालेका नवराज सिलवालले ६६२ मत पाएका छन् भने गठबन्धनका उम्मेदवार कांग्रेसका उदय शमशेर राणाले ४०२ मत पाएका छन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले ९३ मत पाएका छन् ।

यस्तै, ललितपुर क्षेत्र नम्बर २ को पछिल्लो मतपरिणाम अनुसार नेकपा एमालेका उम्मेदवारले अग्रता बनाएका छन् । एमालेका उम्मेदवारले २९८० मत पाएका छन् भने लौरो चिह्न भएको हाम्रो पार्टीका उम्मेदवारले २४९७ मत पाएका छन् । यस्तै राप्रपाका उम्मेदवार १४२६ मत पाउँदा एकीकृत समाजवादी पार्टीका उम्मेदवारले १४७७ मत पाएका छन् ।

यसैगरी, क्षेत्र नम्बर ३ मा नेकपा एमालेका अमृत खड्काले अग्रता बनाएका छन् । उनको पछिपछि राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्की रहेकी छन् ।

१३०० मत गणना हुँदा खड्काले ५१६ मत पाएका छन् भने कार्कीले ४९८ मत पाएकी छन् । यस्तै, माओवादी केन्द्रकी २९८ मत पाएकी माओवादी केन्द्रका पम्फा भुसाल तेस्रो स्थानमा छन् ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१