• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

काठमाडौं- १ मा प्रकाशमानकाे अग्रता, पछि परे पुकार बम र रमेश खरेल

काठमाडौं । काठमाडौं- १ मा नेपाली कांग्रेसका प्रकाशमान सिंहले अग्रता बनाएका छन्।

सुरुमा अग्रता बनाएका राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता रवीन्द्र मिश्र अहिले दोस्रो स्थानमा छन्। अहिलेसम्म यहाँ ३१ सय ९६ मत गनिएको छ।

निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको प्रारम्भिक मतपरिणाममा सिंहले ८१६ मत ल्याएका छन्।

यहाँ दोस्रो स्थानमा राप्रपा वरिष्ठ नेता रवीन्द्र मिश्रले ७३५ मत ल्याएका छन्। त्यस्तै, नेकपा एमालेका युवा नेता किरण पौडेलले ४९६ मत ल्याएका छन्।

अघिल्लोपटक यहाँ मिश्रलाई हराउँदै सिंह विजयी भएका थिए । यहाँ पुकार बम र रमेश खरेल धेरै पछि परेका छन् ।