काठमाडौं ४ मा गगन थापालाई सुरुवाती अग्रता

काठमाडाैं । काठमाडौं क्षेत्र नम्बर ४ मा मतगणना सुरु भएको छ ।

बूढानीलकण्ठ नगरपालिका १ को १५ सय ११ मत गन्दा यहाँ नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अग्ररता बनाएका छन् ।

थापाले ६६७ मत ल्याएका छन् । उनलाई पछ्याइरहेका नेकपा एमालेका विदेश विभाग प्रमुख डा. राजन भट्टराईले ६३३ मत ल्याएका छन् ।

यसअघि २०७४ को निर्वाचनमा यहाँ कांग्रेसका थापा विजयी भएका थिए । तर स्थानीय तह निर्वाचनमा यहाँ कांग्रेसभन्दा एमाले केही बलियो देखिएको थियो ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१