
दैलेख । दैलेख क्षेत्र नं. १ मा नेकपा एमालेका रविन्द्रराज शर्माले सुरुवाती अग्रता लिएका छन् ।
पछिल्लो मतपरिणाम अनुसार एमालेका शर्मा २०० मतसहित सुरुवाति अग्रता कायम गरेका हुन् ।
उनका प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका अम्मरबहादुर थापाले १४५ मत पाएका छन् । यस्तै, राप्रपाकी कुन्तिकुमारी शाहीले ९ मत पाएकी छन् । अहिलेसम्म चार सय मत गणना भएको छ ।
यो क्षेत्रमा प्रतिनिधि सभाका लागि नेकपा एमालेका रविन्द्रराज शर्मा, सत्ता गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीका अम्मरबहादुर थापा, राप्रपाका कुन्तिकुमारी शाही चुनावी प्रतिस्पर्धामा छन् ।
यस्तै, नेपाल मजदुर किसान पार्टीका प्रकाश गुरुङ्ग, नेपाली कांग्रेस (वीपी) का भूपालबहादुर थापा, राष्ट्रिय स्वतन्त्र पार्टीका इन्द्रप्रसाद शर्मा र स्वतन्त्रहरु गोपाल नेपाली र निरखबहादुर थापा प्रतिस्पर्धामा छन् ।