
काठमाडौं । मुस्ताङको प्रदेशसभा १ बाट नेपाली कांग्रेसका उम्मेदवार नाम्डु गुरुङ निर्वाचित भएका छन् ।
विजयी गुरुङले १ हजार ४८ मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी नेकपा एमालेका इन्द्रधारा विष्टले ७९३ मत प्राप्त गरे ।
विष्ट यसअघि एमालेबाट निर्वाचित प्रदेश सांसद थिए । यहाँ १ हजार ८ सय ५५ मत खसेको थियो ।
प्रतिनिधिसभामा मुस्ताङबाट नेपाली कांग्रेसका उममेदवार योगेश गौचन थकाली विजयी भइसकेका छन् । ७ हजार २३० मत खसेको मुस्ताङमा गौचन ९१४ मतान्तरले विजयी भएका हुन् ।