गोरखा २ मा प्रचण्डकाे अग्रता, एमालेका मियाँ तेस्रो

गाेरखा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गोरखा–२ मा मतगणानाको सुरुवातमै धेरै अगाडि देखिएका छन् ।

५५० मत गणना गर्दा उनले झण्डै ४ सय मत पाएका छन् ।

प्रचण्डले ३९१ मतकासाथ अग्रस्थानमा रहँदा उनका प्रतिस्पर्धीहरुले उल्लेख्य मत प्राप्त गर्न सकेका छैनन् ।

प्राप्त मत परिणामअनुसार उनका निकटतम् प्रतिष्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कुलबहादुर बस्नेतले ६९ मत पाएका छन् ।

गोरखा–२ मा नेकपा एमाले तेस्रो दलका रुपमा देखिएको छ । एमाले उम्मेदवार अब्दुस मियाँले ३३ मत ल्याएका छन् ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१