ललितपुर २ बाट एमालेको विजयी सुरुवात

काठमाडौं। ललितपुरको निर्वाचन क्षेत्र नं. २ मा नेकपा एमालेमा उम्मेदवार प्रेम महर्जन विजयी भएका छन् ।

सत्ता गठबन्धनबाट नेकपा एसका उम्मेदवार रहेका कृष्णलाल महर्जनलाई पराजित गरी उनी विजयी बनेका हुन् ।

मतगणनाको अन्मित मतपरिणामअनुसार महर्जन १९७३४ मतसहित निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी हाम्रो नेपाल पार्टीका उम्मेदवार सुदिन शाक्यले १०४४० मत ल्याएका छन् ।

उनी निर्वाचित भएकाे निर्वाचन आयोगले घोषणा गर्न भने बाँकी छ । महर्जन पूर्व वडाध्यक्ष र ज्यापु समाजका पूर्वध्यक्ष समेत हुन् ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१