• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

काठमाडौं-८ मा ‘घण्टी’काे अग्रता, पछ्याउँदै ‘लाैराे’

काठमाडौं । काठमाडौं-८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठले अग्रता लिएका छन् ।

१६५०० मत गन्दा श्रेष्ठले अग्रता लिएका हुन् । उनलाई हाम्रो नेपाली पार्टी (लौरो अभियान) का सुमन सायमीले पछ्याइरहेका छन् ।

श्रेष्ठले ५२८६ मत ल्याउँदा सायमीले ४२५४ मत पाएका छन् ।

नेकपा एमालेका शिवसुन्दर राजवैद्यले २११० मत पाएका छन् भने नेकपा एकीकृत समाजवादीका जीवनराम श्रेष्ठले २०९० र राप्रपाका प्रकाश रिमालले १३८२ मत पाएका छन् ।