गाेरखा-२ मा प्रचण्डले लिए ३४०० मतको अग्रता, एमालेका अब्दुसले कति पाए ?

गोरखा । गोरखा–२ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मतान्तर बढाएका छन् ।

८ हजार ५४० मत गणना हुँदा प्रचण्डले चार हजार ८३२ मत पाएका छन् भने दोस्रो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटीले एक हजार ४२४ मत पाएका छन् ।

प्रचण्ड र बुर्लाकोटीबीचको मतान्तर तीन हजार ४०८ रहेको छ ।

तेस्रो स्थानमा रहेका नेकपा एमालेका अब्दुस मियाँले ११७६ मत पाएका छन् ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१