• २०८३ असार ४
  • 2026 June 18, Thursday

यी ९ निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीकाे अग्रता

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीले जारी मतगणनामा अहिलेसम्म ९ वटा निर्वाचन क्षेत्रमा अग्रता कायम गरेको छ ।

काठमाडौंका तीन र सुनसरीका दुई निर्वाचन क्षेत्रसहित ललितपुर, चितवन, कास्की, रूपन्देही, नवलपरासी, झापाका निर्वाचन क्षेत्रमा घन्टीका उम्मेदवारले अग्रता लिइरहेका छन् ।

काठमाडौं क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार सोबिता गौतमले ३८५४ मतसहित अग्रता लिएकी छिन् ।

यस्तै, काठमाडौं ८ मा विराजभक्त श्रेष्ठ ६ हजार १ सय ८ मत ल्याएका छन् ।

काठमाडौं ६ का उम्मेदवार शिशिर खनालले ३६ सय ६१ मतसहित अघि छन्।

ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार तोसीमा कार्कीले ४९ सय १० मत ल्याएकी छिन्।

चितवन १ मा हरी ढकाल १७९२ मत सहित अघि छन् ।

कास्की २ मा घन्टी चुनाव चिन्ह भएका उम्मेदवार माधवप्रसाद कँडेल २४ सय ३१ मतसहित अघि छन् ।

रूपन्देही २ मा गणेश पौडेल १ हजार ९६ मत सहित अघि छन्।

नवलपरासी बर्दघाट पश्चिम १ मा महेन्द्र सेन ठकुरीले ३९५९ मत ल्याएका छन् ।

झापा ४ मा शम्भु ढकाल १७ सय ८१ मत ल्याएका छन् ।