
काठमाडौं । साविक विजेता फ्रान्सले कतारमा जारी फिफा विश्वकप फुटबलमा विजयी सुरुआत गरेको छ ।
दोहास्थित अल जानुब स्टेडियममा मंगलबार राति भएको खेलमा अष्ट्रेलियामाथि ४-१ गोलको जित निकालेकाे हाे ।
फ्रान्सको जितमा ओलिभर जेरुडले दुई गोल गरे । एड्रिन राबिओट र केलियन एमबाप्पेले एक एक गोल गरे ।
अष्ट्रेलियाका लागि क्रेग गुडविनले एक गोल गरे । खेलको नवौं मिनेटमा गुडविनले गोल गर्दै फ्रान्सलाई सुरुआती अग्रता दिलाएका थिए ।
तर, खेलको २७ औं मिनेटमा एड्रिनले गोल गर्दै फ्रान्सलाई १-१ गोलको बराबरीमा ल्याए । खेलको ३२ औं मिनेटमा जेरुडले गोल गर्दै फ्रान्सलाई पहिलो हाफमा २-१ को अग्रता दिलाए ।
६८ औं मिनेटमा एमबाप्पेले गोल गर्दै फ्रान्सलाई ३-१ को अग्रता दिलाए । त्यसपछि खेलको ७१ औं मिनेटमा जेरुडले व्यक्तिगत दोस्रो गोल गर्दै फ्रान्सलाई ४-१ को जित दिलाए ।
यस जितसँगै फ्रान्सले पहिलो खेलमै ३ अंक जोडेको छ । समूह ‘डी’ को फ्रान्स शीर्ष स्थानमा रहेको छ ।