सिन्धुलीबाट खाेल्याे माओवादीले खाता, लेखनाथ दाहाल निर्वाचित

सिन्धुली । नेकपा (माओवादी केन्द्र)ले सिन्धुलीबाट प्रतिनिधसभा सदस्यमा जितको सुरुवात गरेको छ ।

माओवादी उम्मेदवार लेखनाथ दाहाल प्रतिनिधिसभा सदस्यमा २७ हजार ५ सय १७ मत निर्वाचित भएका हुन् ।

दाहाल एमालेका उम्मेदवार मनोजजंग थापाभन्दा ६ हजार १ सय ६२ को मतान्तरले निर्वाचित भएका हुन् । थापाले २१ हजार ३ सय ५५ मत प्राप्त गरेका छन् ।

सिन्धुलीमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार अनोजकुमार दाहाल तेस्रो भएका छन् । उनले १ हजार ५ सय ५३ मत प्राप्त गरे ।

राप्रपाका भिष्मराज श्रेष्ठले १ हजार ३ सय ४० मत प्राप्त गरे ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१