बागलुङ १ मा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीकाे अग्रता कायम

बाग्लुङ । बाग्लुङ निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अग्रता कायमै राखेका छन् ।

अहिलेसम्म ३० हजार एक सय ४६ मत गणना भएकाेमा लोकतान्त्रिक गठबन्धनका तर्फबाट राष्ट्रिय जनमोर्चाका केसीले १२ हजार चार सय मत प्राप्त गरेका छन् ।

उनलाई नेकपा (एमाले) का डा. सूर्यप्रसाद पाठकले १० हजार आठ सय ८२ मतकासाथ पछ्याइरहेका छन् ।

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका खिमानन्द कँडेलले पाँच हजार दुई सय ४८, राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मीप्रसाद सापकोटाले चार सय २९, नेपाली कांग्रेस वीपीका शिवलाल सापकोटाले ५५ र स्वतन्त्र उम्मेदवार चन्द्रबहादुर क्षेत्रीले एक सय २५ मत प्राप्त गरेका छन् ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१