नेकपा एमालेका अध्यक्ष ओलीसँग प्रकाशमान सिंहकाे भेटवार्ता

काठमाडाैं । कांग्रेसका नेता प्रकाशमान सिंहले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् ।

सिंहको सचिवालयका अनुसार उनले आइतबार ओलीनिवास बालकोट पुगेर भेट गरेका हुन् ।

सिंहले एमाले अध्यक्ष ओलीसँगको भेटमा बधाई साटासाट र समसामयिक राजनीतिक बिषयमा छलफल भएको गरेकाे सचिवालय स्राेतकाे भनाइ छ ।

निर्वाचनको परिणाम अन्तिम अवस्थामा रहेको समयमा कांग्रेसबाट प्रधानमन्त्रीको दाबेदारका रुपमा आफूलाई अघि सारेका सिंहको अध्यक्ष ओलीसँगको भेटलाई अर्थपूर्ण मानिएको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१