काठमाडाैं । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत साेमबार चार खेल हुँदैछन् ।
साेमबार समूह चरण अन्तर्गत समूह ‘जी’ र समूह ‘एच’ का दुई/दुई खेलहरु हुनेछन् ।
पहिलो खेलमा समूह ‘जी’ मा रहेको क्यामरुन र सर्बियाबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो खेलमा समूह ‘एच’ को दक्षिण कोरिया र घानाबीच प्रतिस्पर्धा हुनेछ ।
विश्वकप अन्तर्गत सोमवार हुने तेस्रो खेलमा ब्राजिल र स्विट्जरल्याण्डबीच प्रतिस्पर्धा हुनेछ । आजको अन्तिम एवं चौथो खेलमा पोर्चुगलले उरुग्वेको सामना गर्नेछ ।
समूह ’जी’ मा रहेको पोर्चुगल र उरुग्वे बीचको खेल राति १२ : ४५ बजे सुरु हुनेछ ।