
काठमाडाैं । अभिनेत्री झरना थापाको निर्देशनमा बन्ने फिल्म ‘भगवत् गीता’ मा अभिनेताका लागि अडिसन खुला गरिएको छ ।
प्रेम कथामा बन्ने फिल्ममा २० देखि २५ वर्ष उमेरका अभिनेता खोजी गरिएको हो । फिल्ममा अभिनेत्री सुहाना थापाको मुख्य भूमिका रहनेछ ।
निर्माण टिमले आगामी वैशाख १ गतेलाई प्रदर्शन मिति तोक्दै एक टिजर समेत सार्वजनिक गरिसकेको छ । तर अभिनेताको टुंगो नलागेपछि फिल्म छायांकनमा जान सकेको छैन ।
केही समय अगाडि यो फिल्ममा अभिनेता धिरज मगर रहने चर्चा थियो । पारिश्रमिकको कुरा नमिलेपछि निर्माण टिमले अभिनेताको खोजी गरेको हो ।
सुनिलकुमार थापाको लगानी रहने फिल्मका लागि बाल कलाकारका लागि पनि अडिसन खुला गरिएको छ । ८ देखि १० वर्ष उमेरका बालकको खोजी गरिएको हो ।
अडिसन दिन इच्छुकले आफ्नो बारेमा १ मिनेटको भिडिओ बनाएर सुहाना इन्टरटेन्मेन्टको मेलमा पठाउन पर्नेछ ।