कतार विश्वकप : फ्रान्स र पोल्यान्ड तथा इंग्ल्यान्ड र सेनेगलबीच प्रतिस्पर्धा

काठमाडाैं । कतारमा जारी फिफा विश्वकप २०२२ मा आइतबार अन्तिम-१६ मा दुई प्रतिस्पर्धा हुँदैछन् । अल थुमामा स्टेडियममा आइतबार हुने पहिलो खेलमा फ्रान्सले पोल्यान्डको सामना गर्दा अर्को खेलमा सेनेगल र इंग्ल्यान्ड भिड्नेछन् ।

साविक विजेता फ्रान्सले पोल्यान्डसँग ८:४५ मा क्वाटरफाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ ।

फ्रान्स समूह ‘डी’ को विजेता बन्दै नकआउटमा प्रवेश गरेको थियो भने पोल्याण्ड समूह ‘सी’ को उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो ।

अर्को खेलमा इंग्ल्यान्ड र सेनेगलबीच प्रतिस्पर्धा हुने छ । अल बयात स्टेडियममा हुने इंग्ल्यान्ड र सेगेनलबीचको खेल मध्यराति १२:४५ मा हुने छ ।

इंग्ल्यान्ड समूह ‘बी’ को विजेताका रूपमा नकआउट चरणमा पुग्दा सेनेगल समूह ‘ए’ को उपविजेताका रूपमा अन्तिम १६ मा प्रवेश गरेको थियो ।