प्रतिनिधिसभामा प्रत्यक्षतर्फ नेपाली कांग्रेसले जित्याे ५७ सीट

काठमाडाैं । प्रतिनिधिसभामा प्रत्यक्षतर्फ नेपाली कांग्रेसको सीट संख्या ५७ पुगेको छ । प्रत्यक्षतर्फ कांग्रेसको खाता बन्द भएको छ ।

गणना गर्न बाँकी रहेको दोलखामा एमाले र माओवादीबीच प्रतिस्पर्धा छ । कांग्रेसका उम्मेदवार छैनन् ।

नेपाली कांग्रेसले प्रत्यक्षतर्फ ५७ सीट जितेको छ । २०७४ सालको प्रतिनिधिसभा चुनावमा २३ सीटमा सीमित भएको कांग्रेसले ३४ बढाएर ५७ सीट हात पार्न सफल भएको छ ।

समानुपातिकमा भने कांग्रेसले एमालेले भन्दा एक सीट कम पाउने सम्भावना छ ।