काठमाडाैं । प्रतिनिधि सभा र प्रदेश सभाको समानुपातिकतर्फ पनि मत गनेर सकिएको छ । आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलले समानुपातिकतर्फ मतगणना सकिएको जानकारी दिए ।
आयोगको वेबसाइटमा प्रविष्ट गरिएअनुसार १ करोड ५ लाख ६० हजार ८२ मत गनिएको हो ।
नेकपा एमालेले सबैभन्दा धेरै २८ लाख ४५ हजार ६ सय ४१ मत ल्याएको छ भने नेपाली कांग्रेसले २७ लाख १५ हजार २ सय २५ मत ल्याएको छ ।
नेकपा माओवादी केन्द्रले ११ लाख ७५ हजार ६ सय ८४ र राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख ३० हजार ३ सय ४४ मत प्राप्त गरेको छ ।
समानुपातिक मतअनुसार सबैभन्दा धेरै नेकपा एमालेले सांसद पाउने देखिन्छ । एमालेले ३४, नेपाली कांग्रेसले ३२, नेकपा माओवादी केन्द्रले १४, राष्ट्रिय स्वतन्त्र पार्टीले १३, राप्रपाले ७, जसपाले ५, जनमतले ५ सिट पाउने भएका छन् ।
नेकपा एकीकृत समाजवादी, लोसपा, नागरिक उन्मुक्ति पार्टी, नेमकिपा राष्ट्रिय पार्टी बनेनन् ।
प्रत्यक्षतर्फ नेपाली कांग्रेसले ५७, एमालेले ४४, माओवादीले १८, एकीकृत समाजवादी १०, राष्ट्रिय स्वतन्त्र पार्टी ७, जसपा ७, राप्रपा ७, लोसपा ४, स्वतन्त्र ५, जनमत पार्टी १, राष्ट्रिय जनमोर्चा १, नेमकिपा १ र नागरिक उन्मुक्ति पार्टीले ३ सिट जितेका छन् ।