• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

महाअभियोग जीवितै छ, आउने संसदमा छलफल हुन्छ : प्रवक्ता कार्की

काठमाडाैं । सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रतिनिधिसभाबाट निलम्बित प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबराविरुद्वको महाभियोग प्रस्ताव जीवितै रहेको बताएका छन् ।

बुधबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा सञ्चारकर्मीले सोधेको प्रश्नमा जवाफमा मन्त्री कार्कीले प्रधानन्यायधीश जबराविरुद्वको महाभियोग प्रस्ताव जीवितै रहेको बताएका हुन् ।

उनले प्रतिनिधिसभामा निलम्बित प्रधानन्यायाधीश जबराविरुद्ध महाभियोगको प्रस्तावमाथि छलफल भएर त्यो छलफलको प्रतिवेदन पेश भएको भन्दै उक्त महाभियोग सार्वभौम सम्पन्न संसद्को सम्पत्ति भएकाले यसको छलफल आउने प्रतिनिधिसभाले गरेर निर्णयमा पुग्ने प्रष्ट पारे ।

संसद् सचिवालयका महासचिव भरतराज गौतमले जबरालाई महाभियोग प्रस्ताव निष्प्रभावी भएको पत्र दिएपछि उक्त पत्र संवैधानिक वा असंवैधानिक भन्ने प्रश्न उठेपछि सरकारका तर्फबाट प्रवक्ता कार्कीले महाअभियोग कायमै रहेको भन्दै आगामी संसदले जबराविरुद्वको महाभियोग टुङ्ग्याउने बताए ।