नामिबियाद्वारा नेपालसामु २७६ रनको लक्ष्य प्रस्तुत

काठमाडाैं । आईसीसी विश्वकप क्रिकेट लिग–टु मा नामिबियाले नेपाललाई २७६ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टिम नामिबियाले नेपाललाई ठूलो लक्ष्य दिएको हो ।

नामिबियाले निर्धारित ५० ओभरमा सात विकेटको क्षतिमा २७५ रन बनाएको बनायो । नामिबियाका लागि माइकल भान लिन्गेनले शतक बनाए ।

उनले १११ बलमा १५ चौका र एक छक्काको मद्दतमा ११९ रन बनाए । यस्तै, कप्तान जेरार्ड इरास्मुसले ५३ र जान निकोल लोफ्टिई इएटनले ४० रन बनाए ।

बलिङतर्फ ललितनारायण राजवंशीले चार विकेट लिए । सोमपाल कामीले दुई विकेट लिए ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१