• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

रवि लामिछाने भन्छन्- सरकारले ल्याउन लागेकाे अध्यादेश तत्काल फिर्ता हुनुपर्छ

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारले ल्याउन लागेकाे अध्यादेश फिर्ता हुनुपर्ने बताएका छन् ।

सरकारले विद्रोहीहरूलाई आममाफी दिन मिल्ने गरी आइतबारको मन्त्रिपरिषद बैठकबाट अध्यादेश ल्याउने निर्णय गरेको थियो ।

सरकारले संसद छलेर उक्त अध्यादेश ल्याएको भन्दै रास्वपाका सभापति लामिछानेले अध्यादेश तत्काल फिर्ता हुनुपर्ने बताएका छन् ।

‘अब नयाँ संसदको बैठक बस्न कति समय लाग्ला? १ हप्ता? २ हप्ता? ३ हप्ता? त्यस्तो के आपतकाल लागेको थियो र १-२ हप्ता पनि कुर्न नसकिने?,’ सभापति लामिछानेले फेसबुकमा लेख्दै प्रश्न गरेका छन् ।

अध्यादेशले नयाँ जनादेशको मर्म मिचेको उनको भनाइ छ ।

‘नयाँ संसदको अधिकार मिच्ने प्रयास भएको छ। यो कदम राजनीतिक निर्लज्जताको पराकाष्ठा हो । यो तत्काल फिर्ता हुनपर्छ,’ लामिछानेले भनेका छन् ।

सरकारले नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीलगायतका विद्रोहीहरूलाई आममाफी दिन मिल्ने गरी अध्यादेश ल्याउने निर्णय गरेपछि यसको विरोध भइरहेको छ।