
काठमाडाैं । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ ।
सोमबार प्रतितोला तीन सय रुपैयाँ घटेको सुनको मूल्य आज प्रतितोला दुई सय रुपैयाँ घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख रुपैयाँ र तेजाबी सुन प्रतितोला ९९ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ ।
सोमबार छापावाल सुन प्रतितोला एक लाख दुई सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९९ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, मंगलबार चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी प्रतितोला १३ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।
सोमबार पनि चाँदी सोही मूल्यमा किनबेच भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १७ सय ८३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।